सरकारले न्यूट्रास्यूटिकल्स नेपालमा बनाउन दिँदैन : अध्यक्ष प्रधान


चितवन । नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधानले सरकारले न्यूट्रास्यूटिकल्स (फूड सप्लिमेन्ट/भिटामिन) आयात गरी बिक्री गर्न दिने तर नेपालमा उत्पादन गर्न नदिएको बताएका छन् । अध्यक्ष प्रधानले न्यूट्रास्यूटिकल्स आयात गर्न दिने तर नेपालका औषधि उद्योगलाई बनाउन नदिने नीति सरकारले लिएको बताए ।

उनले भने “न्यूट्रास्यूटिकल्स छिमेकी राष्ट्रहरुबाट ठूलो मात्रामा नेपालमा आईरहेको छ । ‘यो न्यूट्रास्यूटिकल्सले के गरिरहेको छ ?’ भनेर नेपालका प्रधानमन्त्री, मन्त्री र नेताहरुको यस विषयमा चासो भईरहेको छ ।”

नेपालमा न्यूट्रास्यूटिकल्सको ठूलो व्यापार भईरहेको भन्दै उनले थपे “यसको गुणस्तरका विषयमा कसैलाई चासो छैन । विदेशमा बनेका न्यूट्रास्यूटिकल्सहरुको परीक्षण र उद्योग अनुगमन गर्न गाह्रो छ । त्यही उत्पादन नेपालमा बन्यो भने सहज रुपमा उद्योगको अनुगमन र गुणस्तर परीक्षण गर्न सकिन्छ ।”

नेपालमा साधारण औषधि उद्योग सञ्चालन गर्न ७० देखि ८० करोड रुपैयाँ लगानी लाग्ने भन्दै उनले नेपालमा ८० हाराहारी औषधि उद्योग रहेको जानकारी दिए। उनका अनुसार नेपाली औषधि उद्योगमा ५६ देखि ६० अर्ब रुपैयाँ हाराहारी लगानी भईसकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ