नर्स उमा ज्ञवाली एसएसपीमा बढुवा सिफारिस


काठमाडौं ।  नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत उमा ज्ञवाली प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएकी छिन् । बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी प्रहरी उपरीक्षक (एसपी) ज्ञवालीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । बढुवा समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नर्स उमा ज्ञवालीलाई एसएसपीमा बढुवा गर्ने गरी बढुवा सिफारिस सूची प्रकाशित गरी हस्ताक्षर गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ