रवि, उपेन्द्र, वर्षमान र पदमले आजै मन्त्रीको सपथ खाने
काठमाडौं । प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारमा आज ४ जना मन्त्रीले सपथ खाने भएका छन् । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारबाट कांग्रेस, एकीकृत समाजवादीलगायतका दल बाहिरिने निश्चित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाबाट उपेन्द्र यादव, माओवादी केन्द्रबाट वर्षमान पुन र नेकपा एमालेबाट पदम गिरीले मन्त्रीका रुपमा सपथ खाने सम्भावना छ ।
रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री, उपेन्द्र यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, वर्षमान पुन अर्थमन्त्री र पदम गिरी स्वास्थ्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
एमालेबाट सरकारको नेतृत्व गरेर को जाने भन्ने कुरा टुंगिसकेको छैन । उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीमा रघुवीर महासेठको नाम प्रस्ताव गरिएको छ । तर उनी परराष्ट्रमन्त्री बन्न इच्छुक नदेखिएको स्रोतको भनाइ छ । उपेन्द्र आफैं मन्त्री बन्न लागेका छन् । जसपाबाट उपेन्द्रले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको दाबी गरेका छन् । तर, उनलाई परराष्ट्रमन्त्री दिन प्रधानमन्त्री प्रचण्डले खोजेका छन् ।वर्षमान उपप्रधानमन्त्री एवं अर्थमन्त्री र पदम गिरीले स्वास्थ्यमन्त्रीको रुपमा सपथ काम सम्भावना बढेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस