रघुवीर भौतिक पूर्वाधार, स्वास्थ्यमा पदम गिरी !


काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । यो गठबन्धनको अदृश्य सूत्रधार महासेठले एमालेबाट नेतृत्व गरेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने भएका हुन् । मन्त्रीका लागि फोन गएपछि विराटनगरमा रहेका महासेठ हतारहतार काठमाडौं फर्किएका थिए ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने पदम गिरीले पाउने भएका छन् । यसअघि पनि उनी स्वास्थ्यमन्त्री भइसकेका व्यक्ति हुन् । एमालेले गिरीलाई पुरानै मन्त्रालयमा पठाउने निश्चित जस्तै हो ।

त्यस्तै रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने भएका छन् । वर्षमान पुन अर्थमन्त्री, डिपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त  श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ