प्रचण्ड नेतृत्वको सरकारमा रविसहित ३ उपप्रधानमन्त्री, दोहोऱ्याएर एउटै मन्त्रालय पाए


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछानेसहित ३ जना उपप्रधानमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रविले गृह मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनले यसअघि पनि गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

निर्वतमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनी पहिला पनि परराष्ट्रमन्त्री भइसकेका व्यक्ति हुन् ।

त्यस्तै रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । उनी पनि यो मन्त्रालयमा दोहोऱ्याएर जान लागेका हुन् । माओवादी-एमाले गठबन्धनको अदृश्य सूत्रधार महासेठले एमालेबाट नेतृत्व गरेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने भएका हुन् । मन्त्रीका लागि फोन गएपछि विराटनगरमा रहेका महासेठ हतारहतार काठमाडौं फर्किएका थिए । उनीहरुको आज साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम तय भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ