एमालेका पदम गिरीले स्वास्थ्य पाएनन्, कानुनमन्त्री बने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने लबिइङमा रहेका पदम गिरी कानुनमन्त्री बन्ने भएका छन् । एमालेले प्रमुख सचेतक भइसकेकाले गिरीलाई कानुनमा पठाएको हो । गिरी स्वास्थ्य छाडेर कानुनमा गएका हुन् ।

त्यस्तै एमालेबाट सरकारको नेतृत्व गरेर रघुवीर महासेठ गएका छन् । उनी उप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी लिन सफल भएका छन् ।

राजेन्द्रकुमार राईले खानेपानी, भगवती चौधरीले महिला बालबालिका तथा जेष्ठ नागरिक, दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । रक्षामन्त्रीमा हरि उप्रेती, कृषिमन्त्रीमा ज्वालाकुमारी साह र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका हुन् ।

एमालेले पहिला पाएको अर्थ र पराराष्ट्र मन्त्रालय यसपटक माओवादी केन्द्र आफैंले राखेको छ । स्वास्थ्यको ठाउँमा यसपटक एमालेले कानुन लिएको हो  ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ