पूर्व स्वास्थ्यमन्त्री यादवलाई सरकारमा गएपनि तनाब नगएपनि तनाब


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी जसपा सरकारमा गएपनि तनाब नगएपनि तनाब हुने अवस्था आएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा जसपाभित्र दुईधार देखिएको हो ।

जसपाभित्र सरकारमा जाने/नजाने विषयमा दुबै पक्ष उत्तिकै सक्रिय छन् । मन्त्री खान पाउने भए सरकारमा जाने नपाए पार्टी नै विभाजन गर्नेसम्मको चलखेल भएको विश्वस्त स्रोतको भनाइ छ । मन्त्री खान नपाउनेहरू पार्टी अध्यक्ष यादवलाई ‘देखाइदिने’ समेत तयारीमा छन् । यसैले गर्दा सरकारमा सहभागी हुने विषयमा जसपाले निर्णय लिन सकेको छैन । पछिल्लो समय पूर्व स्वास्थ्यमन्त्री यादवलाई सरकारमा गएपनि तनाब नगएपनि तनाब हुने परिस्थिति सिर्जना भएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ