आज मुलुकले मन्त्रालयसहित १७ मन्त्री पाउने, स्वास्थ्यमा को ?


काठमाडौं । आज मुलुकले १७ मन्त्री पाउने भएको छ । तीन उपप्रधानमन्त्रीसहित १७ मन्त्रीले जिम्मेवारी पाउँदैछन् ।उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र नारायणीकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

एमालेबाट रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती, रक्षा, भगवती चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक,राजेन्द्र राई, खानेपानी, दामोदर भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह, कृषि तथा पशुपन्छी र बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवि लामिछाने, उपप्रधान तथा गृह, डीपी अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद र सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएकी छिन् ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र वर्षमान पुन, अर्थ, शक्ति बस्नेत, उर्जा, जलस्रोत तथा सिचाईं र रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् ।

स्वास्थ्य, सहरी, वन र सामान्य प्रशासन मन्त्रालय बाँकी छ । उक्त मन्त्रालय जनता समाजवादी पार्टी (जसपा), नेपाल र नेकपा एकीकृत समाजवादीको भागमा पर्ने गरी छाडिएको छ । स्वास्थ्य मन्त्रालय कसले पाउने भन्ने कुरा अझै टुंगो लागिसकेको छैन । उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री पनि बन्ने उत्तिकै सम्भावना छ । राजेन्द्र पाण्डे नआउलान् भन्न पनि सकिन्न ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मन्त्रीहरुकै सपथ कार्यक्रम भने ५:४५ मा राखिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ