स्वास्थ्य र वनबाहेक सबै मन्त्रालयले मन्त्री पायो


काठमाडौं । स्वास्थ्य र वनबाहेकका मन्त्रालयले मन्त्री पाएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले स्वास्थ्य र वन जनता समाजवादी पार्टी (जसपा), नेपाललाई छाडेर अन्य मन्त्रालयले पूर्णता पाएको छ । योसँगै निकट भविष्यमै स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव आउने सम्भावना बढेको छ ।

नेकपा एकीकृत समाजवादीबाट धनबहादुर बुढा सहरी विकास र भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेसँगै २० सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । ३ उपप्रधानमन्त्री र १६ मन्त्रीसाहित प्रचण्ड नेतृत्वको सरकार २० सदस्यीय भएको हो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् ।

एमालेबाट रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती, रक्षा, भगवती चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक,राजेन्द्र राई, खानेपानी, दामोदर भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह, कृषि तथा पशुपन्छी र बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवि लामिछाने, उपप्रधान तथा गृह, डीपी अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद र सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छिन् ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन, अर्थ, शक्ति बस्नेत, उर्जा, जलस्रोत तथा सिचाईं र रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ