विवादित सारथि बोकेर गृहमा सुशासनको यात्रा गरिरहेका नारायणकाजी परराष्ट्र पुगे


काठमाडौं । नारायणकाजी श्रेष्ठ विवादित पात्रलाई बोकेर गृहमा सुशासनको यात्रा गरिरहेका थिए । गृहमन्त्रीको हैसियतमा उनले आफूलाई सुशासनको हिमायति ठान्थे । तर, काम भने ठिक उल्टो ।नारायणकाजीले  गृहमा विवादित र आरोपितलाई छानीछानी जिम्मेवारी दिन भूमिका खेले । उनी विवादित पात्र बोकेर गृहमा सुशासनको यात्रा गरिरहेका थिए । विवादित सारथि बोकेर हिँड्ने नारायणकाजीको सुशासनको यात्रा अहिले परराष्ट्रतिर पुगेको छ । उनी  उपप्रधानसहित परराष्ट्रमन्त्रीको नयाँ जिम्मेवारीमा पुगेका छन् ।

नारायणकाजीले बालकुमारी घटनामा मुछिएका ललितपुरको सीडीओ रूद्रप्रसाद पण्डितलाई ‘सुनपानी छर्केर’ गृह मन्त्रालयको महत्त्वपूर्ण मानिने प्रशासन महाशाखाको जिम्मेवारी दिए । बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएर आदेश दिने हैसियतमा रहेका सीडीओ पण्डितलाई उन्मुक्ति दिएका छन् । उनैलाई नारायणकाजीले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएपछि उनको भूमिका र सुशासनको नारामाथि गम्भीर प्रश्न खडा भएको छ । जुनियर सहसचिवलाई नारायणकाजीले प्रशासन महाशाखा प्रमुख बनाएपछि उनीप्रति सहसचिवहरु पनि रुष्ट बनेका छन् ।

सुन तस्करी काण्डमा मुछिएका अध्यागनम विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई जोगाएर नारायणीकाजीले त्यहाँ रुद्रसिंह तामाङलाई पठाएका थिए । अध्यागमनमा सुशासन दिन उनले जोडबल गरेर पठाएका तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची काण्डमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसले पनि नारायणकाजी कस्ता व्यक्तिलाई सुशासनको सारथि बनाउँछन् भन्ने प्रस्ट हुन्छ । सीआईबीबाट जोगाइएका झलकरामलाई उनकै जोडबलमा नेपाल ट्रष्ट कार्यालय पठाएको सिंहदरबार चर्चा छ ।
गृह मन्त्रालयको महत्त्वपूर्ण मानिने शान्ति सुरक्षा महाशाखा प्रमुख पनि उनले लाइसेन्स अनियमितता मुछिएका नारायणप्रसाद भट्टराईलाई दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा श्रेष्ठले भट्टराईलाई यातायातको डिजी बनाएका थिए । मान्छे मार्नेलाई लाइसेन्स दिनेमा उनको नाम पनि जोडिएको छ । भट्टराईले सीआईबीको छानबिनलाई प्रभावित पार्ने काम गरेको चर्चा छ ।
यता लाइसेन्स अनियमिततामै मुछिएका गोगनबहादुर हमाललाई गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख बनाएका थिए । विवादित हमाल अहिले पनि अध्यागमन कार्यालय प्रमुख कै भूमिकामा काम गरिरहेका छन् ।

विभिन्न काण्डमा मुछिएका माओवादीका विद्यार्थी नेताहरू दिपेश पुन पञ्चा सिंहलगायतलाई जोगाएर नारायणीकाजी सुशासनको गुड्डी हाँकिरहेका थिए । अहिले उनको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ ।  आफ्नालाई छोप्ने र अर्कालाई ठोक्ने नीति लिएका नारायणकाजीले पराराष्ट्रमा कस्तो सुशासन र पारदर्शिता कायम गर्न खोज्छन् हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ