स्वास्थ्यमन्त्रीमा राजकिशोर यादवको सम्भावना बढ्यो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा राजकिशोर यादवको सम्भावना बढेको छ । जसपा नेपालले यादवलाई स्वास्थ्यमन्त्रीमा पठाउने सम्भावना रहेको एक नेताले स्वास्थ्य लाइभलाई बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति समेत रहेका यादव जसपाभित्र निकै प्रभावशाली नेता मानिन्छ । उनी पर्वसञ्चारमन्त्री समेत हुन् ।

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादवको नाम आइरहेका बेला एकाएक राजकिशोरले ‘इन्ट्री’ मारेका हुन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्दा अर्को समितिका राजकिशोर पनि मन्त्री बन्ने लाइनमा पुगेको बुझिन्छ ।

जसपाबाट वन तथा वातावरणमन्त्रीमा भने दिपक कार्कीको चर्चा छ । यद्यपि जसपाको निर्णय सार्वजनिक भइसकेको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ