काठमाडौं महानगरपालिकाले फोहोर बिक्री गर्ने


काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर बिक्री गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै सुख्खा फोहोर बिक्रीका लागि प्रस्ताव मागेको छ ।टेकु ट्रान्सफर स्टेसनमा संकलित फोहोर किन्न इच्छुकहरुलाई प्रस्ताव पेश गर्न  महानगरले उक्त सूचनामार्फत भनेको हो ।भ्याटमा दर्ता भएका इच्छुक व्यक्ति, कम्पनी एंव फर्महरुले फोहोर खरिदका लागि प्रस्ताव पेश गर्न सक्नेछन् ।

‘काठमाडौं महानगरपालिकाको कार्यालयले विभिन्न् वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रुपमा संकलन हुने सुख्खा फोहोरको विभिन्न अवयवहरु बिक्री प्रयोजनका निम्ति कार्यालयद्धारा कायम गरिएको न्यूनतम दररेटमा बढाबढमा बोलकबोल गरी सुख्खा फोहोर खरिद गर्न चाहने आन्तरिक राजस्व कार्यालयमा भ्याटमा दर्ता भएका इच्छुक व्यक्ति, कम्पनी एंव फर्महरुलाई यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिन्छ’,सूचनामा भनिएको छ ।

प्राप्त प्रस्तावहरु आगामी वैशाख १० गते दिउँसो २ बजे महानगरको वातावरण व्यवस्थापन विभागमा कर्मचारी वा प्रस्तावदाताको रोहबरमा खोलिने बताइएको छ । यससम्बन्धी विस्तृत जानकारी महानगरबाट लिन सकिने सूचनामा जनाइएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकालाई हरियाली बनाउन हामी विभिन्न संख्यामा विभिन्न क्षेत्रमा बिभाजन भै श्रम गरिरहेको  छ । पश्चिम क्षेत्र शाखामा हरियाली विभागदेखि ११ जना  खटिएको छ। यस टिम संगै महानगर प्रहरी खटिएको हो। कालिमाटीबाट सोल्टी मोडसम्म हुर्केका बोटबिरुवा रहेका ४६ वटा ट्रि-गार्ड निकालिएको छ । त्यसैगारि २२८ वटा बिरुवमा मल राखिएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ