केएमसी मेडिकल कलेजकै आसपासमा खुलेआम सुर्तिजन्य पदार्थ बिक्रीवितरण
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज एवं शिक्षण अस्पताल (केएमसी)कै आसपासमा खुलेआम सुर्तिजन्य पदार्थ बिक्रीवितरण गरिरहेको भेटिएको छ । काठमाडौं महानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै उक्त ठाउँमा प्रतिबन्धित सुर्तीजन्य पदार्थ खुलेआम बिक्रीवितरण भइरहेको हो । ती पसलबाट महानगर प्रहरी बलले सुर्तीजन्य पदार्थ जफत गरेको छ ।
‘पटक-पटकको सूचनालाई बेवास्ता गरी काठमाडौं महानगरपालिका वडा नं.९ सिनामङ्गल के.एम.सी हस्पिटल आसपास रहेका पसलहरुले खुलेआम पसलमा झुण्ड्याएर सुर्तिजन्य सामानहरू बिक्री वितरण गरेको हुनाले यस्ता सुर्तिजन्य सामानहरू जफत गरिएको छ।’, काठमाडौं महानगर प्रहरी बलले भनेको छ । पछिल्लो समय काठमाडौं महानगर प्रहरी बलले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ बिक्रीवितरणमा कडाई गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस