राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रममा उल्लेख्य काम गरेका १५ पालिका सम्मानित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्राालयद्दारा राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रममा उल्लेख काम गरेका १५ पालिका सम्मानित भएका छन् । राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रम र आम औषधि सेवन अभियान कार्यक्रममा विगतकाे अभियानमा राम्रो भुमिका निभाएकाे भन्दै १५ पालिका सम्मानित भएका हुन् ।

इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्रप्रसाद मरासिनीले सरकार हात्तीपाइले राेग निवारणकाे पुर्वसन्ध्यामा भएको स्पस्ट पारे । आगामी सन् २०३० सम्म नेपालमा हात्तीपाइले राेग निवारण गर्ने सरकारकाे लक्ष्य रहेकाे छ । आगामी बैशाख १६ गतेदेखि सात जिल्लामा आम औषधि सेवन कार्यक्रम सुरु हुदैछ । यसमा काेहिपनि व्यक्ति छुट्न नहुने अधिकारीहरुले बताएका छन् ।

गत सालकाे अभियानमा सबै स्थानिय सरकारले सहयोग गरेका हुन् तर, त्यस मध्ये पनि असाध्यै बढि मेहनत गर्ने पालिका र त्यहाका प्रमुखलाइ सम्मान गरेकाे निर्देशक डा मरासिनीले बताए । सम्मानित हुने हरुले अभियानमा राज्यकाे मात्रै मुख नताकेर आफ्नै साधन श्राेतकाे समेत भरपूर परिचालन गरेर काम गरेका थिए ।

कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैकाे प्रयासले राेग लाग्नै नदिने अभियानलाई सफल बनाउनु पर्ने बताए । यश अगाडि १३ जिल्लामा हात्तीपाइले राेग विरुद्धको औषधि सेवन अभियान सकिएको र त्यहाँ सर्वेक्षणकाे काम भइरहेकाे बताए ।

कतिपय स्थानमा धर्मको कुरा जाेडेर दबाइ नखाने, खाेप नलगाउने परिपाटी देखिएको छ । “कुनै राेगले धर्म चिन्दैन मन्त्री यादवले भने, “राेग फैलाउनु हुदैन पनि भन्दैन । धर्मले राेगी हुन नराेक्ने भएकोले धर्म विशेषकाे कुरा उठाएर नखाने भन्ने हुदैन ।” अज्ञानताले खाेप लगाउन नमानेकाे भन्दै मन्त्री यादवले सबै स्थानीय सरकारले १५ पालिकाले गरेकाे जस्तो याेगदान गर्न अनुराेध गरे । उनले सबैकाे प्रयास भएकाे खण्डमा यसलाई निर्मूल पार्न सकिने बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता काैशल मिश्राले भनिन् राेगकाे निवारण जति पर धकेलिएको छ, राज्यकाे खर्च त्यतिनै बढेकाे छ । ” मिश्रले भनिन् “याे वर्ष ७ जिल्लामा एक पटक अन्तिम पटक मनै देखि जुटाैं । अन्तिम पटक प्रयास गर्दा नतिजा राम्रो आउने छ ।” उनले आफैले औषधि खाएर सुरुवात गरे जनतामा सकारात्मक सन्देश जाने र अभियानमा सबै जुट्ने तर्फ स्पष्ट पारिन ।

दिपेन्द्र रमण सिंह, अतिरिक्त सचिव 

कार्यक्रममा अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंहले हात्तीपाइले कार्यक्रम ऐतिहासिक भएको बताए । पालिकाले राम्रो काम गरेकाे भन्दै आगामी कार्यक्रमलाई पनि सफल बनाउन अनुराेध गरे । विगतमा भएको गल्ति पनि सुधारेर अगाडि जानू पर्छ उनले भने । हामीले नदेखेको कुरा स्थानिय आँखाले सबै देख्छ भन्दै उनले अब अभियान नदाेहाेर्याउने गरी कार्यक्रम अगाडि लैजानु पर्ने धारणा राखे ।


सम्मानित भएका पालिकाहरु
नगरपालिका
साहिदनगर नगरपालिका , धनुषा
रामगोपालपुर नगरपालिका , महत्तोरी
गौर नगरपालिका, रौतहट
मध्य नेपाल नगरपा‌लिका लमजुंग
बेशीसहर नगरपालिका, लमजुंग
ढोरपाटन नगरपालिका, बागलुंग
कृष्णनगर नगरपालिका,कपिलवस्तु
भजनी नगरपालिका, कैलाली

गाउँ पालिका अध्यक्ष
चन्द्रनगरगाउपालिका, सर्लाही
परवानीपुर गाउपालिका, बारा
राप्तिसोनारी गाउपालिका, बाँके
जहदा गाउपालिका, मोरंग
हल्दिबारी गाउपालिका झापा
राप्ति गाउपालिका, दांग
जलजला गाउपालिका, पर्वत

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ