स्वास्थ्यमा फर्किए मधुसुदन बुर्लाकोटी


काठमाडौं । मधुसुदन बुर्लाकोटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवको जिम्मेवारी सम्हालेका छन् । उनले बिहीबार जिम्मेवारी सम्हालेका हुन् ।

सहसचिव हुँदा स्वास्थ्यमै रहेका बुर्लाकोटी सचिव भएपछि पुन: फर्किएका छन् । उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री भएकै बेला स्वास्थ्यमा सहसचिव रहेका उनी यादव फेरि मन्त्री भएपछि सचिव भएर स्वास्थ्यमा आएका हुन् । बुर्लाकोटीले स्वास्थ्य सचिवको कार्यभार सम्हाल्न साइत बिहीबारलाई जुराएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ