रवि गृहमन्त्री बनेपछि आरजु-महेश नियमित सम्पर्कमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वप)का सभापति रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेपछि नेपाली कांग्रेस नेतृ आरजु राणा देउवा र एमाले नेता महेश बस्नेत नियमित सम्पर्कमा रहेको पाइएको छ ।
महेश निकट स्रोतका अनुसार आरजुले उनलाई नियमित सम्पर्क गर्दै आएकी छिन् । रवि गृहमन्त्री बनेसँगै नयाँदिल्ली पुगेकी आरजु शोभा पाठकका कारण प्रताडित महेशको नियमित सम्पर्क आएकी हुन् । आरजुले महेशलाई कांग्रेस-एमाले मिलेर रविलाई विस्थापित गर्न अनुरोध गर्दै आएको खुल्न आएको छ । शोभा कै कारण ‘बालकोटको ढोका’ बन्द भएका महेशलाई आरजुले नियमित सम्पर्क गरेर कांग्रेस एमाले मिल्नुपर्छ भनेपछि उनको हैसियतमाथि पनि प्रश्न उठेको हो ।
महेशलाई अहिले भ्रुण हत्या, बलात्कार र डाँका चोरीको जाहेरी परेको छ । उनी यो मुद्दाले नै समस्यामा पर्ने देखिन्छ । समस्या नै समस्याले घेरिएका महेशको साहारा लिएर आरजुले गठबन्धन फेर्ने कसरत गरेपछि उनको हैसियतमाथि प्रश्न उठेको हो । ‘आरजुले महेश दाइलाई नियमित गरेर गठबन्धन फेर्ने कुरा गर्नुहुन्छ, उहाँ आफै समस्यामा हुनुहुन्छ, यस्तो अवस्थामा महेश दाइसँग आरजुले साहारा खोज्नुको कुनै अर्थ छैन, यसले आरजु चाहिँ कठिन अवस्थामा हुनुहुन्छ भन्ने बुझ्न सकिन्छ ।’, उनी निकट स्रोतले भन्यो ।
आरजु भारतमा उपचार गराएर नेपाल फर्किसकेकी छिन् । उनी अहिले रविलाई जसरी पनि हटाएर कांग्रेस-एमाले मिल्नुपर्छ भन्ने लाइनमा उभिएकी छिन् । त्यसैले महेशमार्फत आरजु अगाडि बढ्न खोजेको देखिन्छ । आरजु र महेश मिलेर कांग्रेस-एमालेको गठबन्धन बनाइ रविलाई विस्थापित गर्न बन्न मुस्किल देखिन्छ । बरु विभिन्न ‘केस’ लागेका उनीहरुलाई रविले प्रहरीमार्फत समातेर थुन्न सक्छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस