अख्तियारका कम्प्युटर इन्जिनियर सुरज अर्याल पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उनलाई पक्राउ गरेको हो ।
सिआईबी स्रोतका अनुसार नक्कली लाइसेन्स प्रकरणमा इन्जिनियर अर्याल पक्राउ परेका हुन् । उनको सूचना प्रविधि विभागबाट हालै अख्तियारमा सरुवा भएको थियो । थप विवरण खुल्नै बाँकी छ । यसअघि यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट समातिसकेका छन् । यद्यपि भट्टको करार अवधि भने थप गरिएको छैन । उनीसँगै अनुसन्धानका लागि अख्तियारमा सरुवा भएका इन्जिनियर अर्याल पक्राउ परेका हुन् ।
सिआईबीका प्रवक्ता होबिन्द्र बोगटीले नक्कली लाइसेन्स प्रकरणमा दुई जना पक्राउ गरिएको पुष्टि गरे । यातायात व्यवस्था विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग हुँदै कम्प्युटर इन्जिनियर अर्यालको हालै अख्तियारमा सरुवा भएको छ । नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको अनुसन्धान तामेलीमा लान उनलाई गिरोहले अख्तियारमा सरुवा गराएको दाबी गरिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस