अध्यागमनद्वारा काव्या रिसोर्टका जिएम पर्यटक लुकास पक्राउ, छुटाउन चलखेल


काठमाडौं । अध्यागमन विभागले नगरकोटस्थित काव्या रिसोर्ट एण्ड स्पाका महाप्रबन्धक (जिएम) लुकास प्रेन्डके पक्राउ परेका हुन् । अध्यागमन विभाग स्रोतका अनुसार उनलाई केहीबेर अगाडि समातिएको हो । पक्राउ परेलगत्तै विशाल, गोल्छा र पाँडे ग्रुप लुकासलाई छुटाउन सक्रिय भएको छ ।

स्वास्थ्य लाइभले लुकास श्रीलंकामा होटल डुबाएर पर्यटकका रुपमा नेपाल भित्रिएर काव्याको जिएम बनेको खुलासा गरेको थियो । त्यसलगत्तै अध्यागमनले लुकासमाथि एक्सन लिएको हो । अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाको सक्रियतामामा काव्याका जिएम पर्यटक लुकास पक्राउ परेका हुन् । उनले आफू पक्राउ परेको गोल्छालाई जानकारी गराइसकेको छन् ।

पोल्याण्डका नागरिक लुकास अन्तर्राष्ट्रिय होटल तस्कर टीजेमार्फत नेपाल भित्रिएका हुन् । विशाल ग्रुप, पाँडे र गोल्छा समूहले चलाएको नगरकोटस्थित काव्या रिपोर्ट एण्ड स्पामा जिएम बनेर भित्रिएका लुकास ५ महिनादेखि कार्यरत छन् । यता लुकासलाई जोगाउन उक्त समूह सक्रिय भएको छ । एभरेष्ट म्याराथनमा भाग लिन लुकास नेपाल आएको र हस्पिटालिटी क्षेत्रमा राम्रो दख्खल भएकाले उनलाई काममा लगाएको भन्ने भाष्य स्थापित गरेर छुटाउन चलखेल भएको हो ।

चीन, माल्दिभ्स, श्रीलंकामा काम गरिसकेका लुकासलाई टीजेले काव्याको जिएम बनाउने सर्तमा नेपाल ल्याएको पाइन्छ ।  कागजी रुपमा साढे दुई लाख र भद्र सहमतिमा १० लाख रुपैयाँ पाउने गरी लुकास काव्याका जिएम बनेका हुन् । त्योमध्ये ४० प्रतिशत कमिसन उनले टीजेलाई बुझाउँदै आएका छन् ।

लुकास आइतबार काव्याका मालिकसहित दुबई जाने कार्यक्रम तय भइसकेको छ । त्यस अगाडि नै उनलाई छुटाउन चलखेल सुरु भएको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अध्यागमन विभाग, #काव्या रिसोर्ट एण्ड स्पा, #कोषहरि निरौला, #लुकास प्रेन्डके

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ