‘योग तथा साधना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा’


काठमाडौं । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने बताएका छन् । शनिबार राजधानीमा योग तथा ऊर्जा ध्यान शिविरको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

योग तथा ध्यान रुढीवादी नभई वैज्ञानिक विधि रहेको तर्क गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको स्पष्ट पारे ।  नेपाल ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि रहेको उनले बताए ।योग तथा ध्यानलाई आत्मसाथ गर्न सके व्यक्तिलाई चिन्न, फेर्न र राम्रो बनाउन सकिने परराष्ट्रमन्त्री श्रेष्ठको भनाइ छ ।

भगवान् शिव, बुद्ध, व्यास, पतञ्जलि, जनक, सीता, पद्यसम्भव, अष्टावक्रले नेपालमै ध्यान गरेको सुनाउँदै परराष्ट्रमन्त्री श्रेष्ठले ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि रहेको धारणा राखे । उनले समाजलाई सकरात्मक बनाउन पनि योग तथा ध्यानले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ