पिएचडी गर्ने र राजदूत बन्ने नर्सहरू सम्मानित
काठमाडौं । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा पिएचडी गर्ने र राजदूत बन्ने नर्सहरू सम्मानित भएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट पिएचडी गर्ने र राजदूत बन्ने नर्सहरू सम्मानित भएका हुन् ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर सुरु भएको १४ औं नर्सिङ सम्मेलनको उद्घाटन सत्रमा लक्ष्मी तामाङसहित पिएचडी गर्ने र राजदूत हुने नर्सलाई सम्मान गरिएको हो । नेपाल नर्सिङ संघले आयोजना गरेको १४ औं नर्सिङ सम्मेलनको उद्घाटन सत्रमा उनीहरु सम्मानित भएका हुन् । नेपाल र विभिन्न देशबाट पिएचडी गर्ने नर्सहरू प्रधानमन्त्री दाहालको हातबाट सम्मानित भएका छन् ।
सम्मानित हुनेमा डा. लक्ष्मी तामाङ, डा. लक्ष्मी ठाकुर, डा. सरस्वती शर्मा, डा. सुशील भण्डारी, डा. कुन्ता पुन, डा. सर्मिला श्रेष्ठ रहेका छन् । प्रधानमन्त्री दाहालबाट सम्मानित हुने नर्सहरुमा डा. सावित्री सापकोटा, डा. शितल गौतम, डा. सुशीला पौडेल, डा. कल्पना पौडेल शर्मा, डा. तुमला श्रेष्ठ, डा. विमला पन्थी, डा. सम्झना सुवेदी, डा. सरला श्रेष्ठ र डा. रिना श्रेष्ठ रहेका छन् ।
त्यस्तै डा. तारा शाह, डा. देवका आचार्य, डा. नर्मदा थापा, डा. अर्चना पाण्डे, डा. मुना शर्मा, डा. रोजी श्रेष्ठ, डा. कल्पना शर्मा, डा. सरला श्रेष्ठ र डा. रेखा तिमिल्सिना पनि सम्मानित भएका छन् । राजदूत हुने नर्सहरू विजया केसी र गुणलक्ष्मी शर्मा समेत सम्मानित भएका हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस