स्वास्थ्यको प्रशासन तर्फ गएको पहिरोमा उपसचिवदेखि सुब्बासम्म ‘बगे’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फ लामो पहिरो गएको छ । मुहानदेखि फेदीसम्म एकपटक गएको पहिरो स्वास्थ्यको इतिहासमा सम्भवत पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनिक सचिवको जिम्मेवारी मधुसुदन बुर्लाकोटीले सम्हालेका छन् । जिम्मेवारी सम्हालेको केही दिनमा गएको यो पहिरो निकै आश्चर्यको छ । मन्त्रालयले मुहानदेखि फेदीसम्मै पहिरो लगाएको छ । 

पहिरोमा परी कयौं उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार बगेका छन् । तर, यति पहिरो जाँदा पनि केही चिल्ला, चिप्ला कर्मचारी तैरिन सफल भएका छन् । 

स्वास्थ्य मन्त्रालयले ६ जना उपसचिव निकालेको छ । नयाँ ६ जना ल्याएको छ । सात जना शाखा अधिकृत निकालेको छ भने, ५ जना नयाँ ल्याएको छ । त्यस्तै तीन जना नायब सुब्बा पनि निकालेको छ । यो सरुवाले स्वास्थ्यमा पुरै नयाँ टिम खडा भएको छ । 

बरालिएको स्वास्थ्यलाई नयाँ टिमले कति महिनामा लयमा ल्याउँछ त्यो समयले बताउने छ । सरुवा भएका उपसचिवमा मोहन निरौला, कृष्ण थापा, विक्रम पाण्डे, बाबुराम घिमिरे, यमनारायण गौली, शिवप्रसाद हुमागाईँ छन् । त्यस्तै नयाँ आएकाहरू चिरञ्जीवी घिमिरे, रेवतीरमण शर्मा, भक्तराज जोशी, सुरेशराज जोशी थप दुई जनाको नाम यकिन भएको छैन ।

यता शाखा अधिकृतमा शेरबहादुर बिक, बैकुण्ठराज रेग्मी, नवराज गौतम, मनोहर थापा, मोहनप्रसाद निरौला, गायत्री अधिकारी, भोजबहादुर ऐरको सरुवा गरिएको छ । उनीहरूको स्थानमा अनन्त गौतम, राम जोशी, शिवकुमार निरौला, देवेन्द्र सुवेदी र विश्वराज ऐमी आएका छन् ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ