पराेपकार प्रसुती अस्पतालले सुरु गर्याे इकोकार्डियोग्राफी सेवा
काठमाडौं । देशकाे एकमात्र पराेपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर इकोकार्डियोग्राफी सेवा सुरु हुने भएको छ ।
अस्पतालका निर्देशक डा श्री प्रसाद अधिकारीले जेष्ठ १ गते देखि गर्भवती महिला र गर्भमा रहेकाे शिशु तथा अन्य महिलाहरूमा इकोकार्डियोग्राफी सेवा संचालन हुने बताए ।
इकोकार्डियोग्राफीले मुटुको जाच गर्न र यसले कसरी काम गरिरहेको छ भनेर हेर्न गरिन्छ । इकोकार्डियोग्राफीले माशंपेशीकाे आकार, चाल, मुटुका भल्भहरूले कसरी काम गरिरहेका छन्, मुटुले कसरी रगत संचालन रिरहेको छ र धमनीहरूले कसरी काम गरिरहे छ भनेर जान्न सकिन्छ ।
निर्देशक अधिकारीले यसलाई अस्पतालकाे सेवा बिस्तारमा जाेडेका छन् । प्रसुती अस्पतालमा इकोकार्डियोग्राफी सेवा नहुदा त्यहाँ सेवा लिन पुगेका गर्भवतीले अन्यत्र गएर धेरै महंगोमा सेवा लिन बाध्य थिए । तर, सेवा बिस्तारमा ध्यान नदिएर निजी स्वास्थ्य सस्थामा सेटिङ्ग मिलाउने विगतका नेतृत्वले यसलाइ कहिल्यै साेचेनन् । इकोकार्डियोग्राफी सेवा साझ ५ बजेपछि सुरु हुनेछ
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस