स्वास्थ्यमन्त्रीको कुर्सीबाट प्रतिपक्षीको कुर्सीमा उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्रीको कुर्सीबाट प्रतिपक्षीको कुर्सीमा पुगेका छन् ।

स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उपेन्द्र प्रतिपक्षीको कुर्सीमा पुगेका हुन् ।

जसपा, नेपालले सोमबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बस्ने संसद बैठकमा उपेन्द्रको दल प्रतिपक्षमा बस्ने छ । सोमबार बिहानसम्म स्वास्थ्यमन्त्रीको कुर्सीमा रहेका उपेन्द्र मंगलबार प्रतिपक्षीको कुर्सीमा बस्ने छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ