प्रदीप यादवले स्वास्थ्यमन्त्रीको सपथ लिए
काठमाडौं । जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले स्वास्थ्यमन्त्रीको सपथ लिएका हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थितिमा प्रदीपले स्वास्थ्यमन्त्रीको सपथ लिएका हुन् । उनले सोमबार नै रामशाहपथ पुगेर स्वास्थ्यमन्त्रीको पदभार सम्हाल्ने भएका छन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले हसिना खानलाई स्वास्थ्य राज्यमन्त्रीको सपथ खुवाएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस