मन्त्रीकाे जेनेभा भ्रमण: दुई सरकारी रकम र दुई एनजिओबाट जाँदै
काठमाडौं । स्वीट्जरल्याण्डकाे जेनेभामा जेठ १४ देखि १९ सम्म हुने विश्व स्वास्थ्य संस्था सम्मेलनमा जाने अधिकारीकाे खर्च दुई आइएनजिओले व्यहाेर्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र अनुसार विश्व स्वास्थ्य संस्था (डब्लूएचओ)को ७७ औं महासभामा भाग लिन शनिबार जानेमा मन्त्री प्रदिप कुमार यादव, महानिर्देशक डा संगिता काैशल मिश्रा, समन्वय महाशाखा प्रमुख डा चुमन लाल र मन्त्रीका “अवैतनिक” सल्लाहकार अवदेश कुमार दास रहेका छन् ।
मन्त्री प्रदिप यादव र महानिर्देशक डा संगिता मिश्रा नेपाल सरकारकाे पैसामा जेनेभा जाँदैछन् । चुमनलाल दास र अवदेश कुमार दास भने आइएनजिओकाे रकममा जाने भएका हुन् ।
चुमनलाइ एनएसआइले लगानी गरेकाे छ भने “अवैतनीक” सल्लाहकार दासकाे युएनएफपिएले लगानी गरेकाे छ । सरकारी कर्मचारी खुसी बनाउन केही रकम यसैगरी बिदेश पठाउन एनजिओ, आइएनजिओले राखेका हुन्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##mohp nepal
तपाईको प्रतिक्रिया दिनुहोस