५० मिलियनको फुर्ती लगाउँने सरकारले ग्लोबल फन्डको ३ मिलियन पनि सम्हाल्न सकेन

डा रुद्र मरासिनी भन्छन् : अरबौं बजेट चलाउन सक्ने सरकारले ३ मिलियन चलाउन नसक्ने भन्ने हुदैन 


काठमाडौं । सरकारले ग्लोबल फन्डको पीआर आफै बन्ने रस्साकस्सीका बीच युएनडिपी पुगेको छ । तीन वर्षका लागि ५० मिलियन बजेटमा आफै पीआर बन्ने दौडमा लागेको सरकारको नाडी छाम्न ग्लोबल फन्डले पहिलो किस्तामा मलेरियाको सबै कार्यक्रम सरकारलाई दिएको थियो ।

क्षयरोग, मलेरिया र एचआइभीमा काम गर्ने ग्लोबल फन्डले यसै वर्ष देखि मलेरियाको पीआर सरकार बनाएको थियो । सरकारी अधिकारीहरूको फुर्ती फेरी सानो थिएन । सरकारलाई पीआर नदिए बजेटै फिर्ता पठाउने सम्मका बकम्फुसे धम्की सरकारी अधिकारीहरूका थिए ।

ग्लोबल फन्डले तीन वर्षका लागि अनुदान स्वरुप दिने ५० मिलियनको फुर्ती लगाउँने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्लोबल फण्ड द्धार पीआर बनाइएको ३ मिलियन पनि सम्हाल्न सकेन । अधिकारीहरू भन्छन् सरकारले मलेरियाको कार्यक्रम सञ्चालन गर्न सक्ने देखिएन । सत प्रतिशत पीआर दिएको कार्यक्रमबाट पनि हात झिक्ने स्वास्थ्यको नेतृत्व सम्झिँदा रिङ्गटा लागेर आउँछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा रुद्र प्रसाद मरासिनी सञ्चालन गर्न नसकेको भन्ने कुरामा सहमत छैनन् । अरबौं बजेट चलाउने सरकारले जाबो ३ मिलियन चलाउन नसक्ने भन्ने कुरै आउँदैन मरासिनी भन्छन् । पूर्व निर्देशक डा मरासिनीका अनुसार ग्लोबल फन्डले पीआर दिने बचन ( कमिटमेन्ट ) लेटर दिएको छैन । उक्त लेटर नआएका कारण हामीले कार्यक्रम बनाउँन नसकेका हौं । सरकारले सञ्चालन गर्नका लागि वैदेशिक सहायताको बाचा जरुरी हुन्छ, उनले थपे ।

विज्ञहरूले स्वास्थ्य लाइभलाई दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा बीचमा समन्वय नभएकाले पनि समस्या आएको हो । कर्मचारीहरूले सरकार पीआर बन्ने विषयमा अतिरिक्त सचिवलाई उचालेर थचारेका छन् ।

युएसएआइडीले एफएचआई तीन सय ६० अन्तर्गत एसआई एडभाइजर, फाइनान्स एडभाइजर र खरिद तथा सप्लाइ चेन्जका लागि मान्छे दिएको थियो । अरुले पैसा दिएर मान्छे राख्न भन्दा पनि क्षमतावान मान्छे राख्न सकेन । त्यसैले हातमा आएको चिज समेत सम्हाल्न नसक्नेले ठूला ठूला फुर्ती लगाउनुको कुनै तुक हुदैन । यस्तो पाराले ग्लोबल फन्डमा सरकार पीआर हुने सपना कहिल्यै नदेख्दा राम्रो । अहिले मलेरिया सहित क्षयरोग र एचआइभीको कार्यक्रम पनि ६ महिनाका लागि सेभ द चिल्ड्रेनमा थप गरिएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ