१ खर्बको काण्ड लुकाउन केपी ओलीले न्युरोड काण्ड ल्याएको बालेनको आरोप


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले केपी ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत १ खर्बको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका हुन् ।

गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा ओली जोडिएको समेत बालेनको दाबी छ । ‘यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’, बालेनले लेखेका छन् । समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु आग्रह गर्दै उनले नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला भन्ने चेतावनी समेत दिएका हुन् ।

बालेनले लेखेका छन्,

‘१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’,

क्याटेगोरी : समाचार
ट्याग : #एमाले अध्यक्ष केपी ओली, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ