मोहन बस्नेतको पालामा खरिद सम्झौता भएका दर्जन फायल खोल्दै अख्तियार


काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको पालामा खरिद सम्झौता भएका आधा दर्जन बढी फायलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आँखा लगाएको छ । बस्नेतले गुण्डागर्दी शैलीमा खरिद प्रक्रिया अगाडि बढाएका थिए । 

उनले खरिद अगाडि बढाएका दर्जन फायल खोल्ने तयारीमा अख्तियार पुगेको हो । अख्तियार उच्च स्रोतले स्वास्थ्य लाइभलाई दिएको जानकारी अनुसार दर्जन फायल अध्ययन अनुसन्धानको चरणमा रहेका छन् । 

स्वास्थ्यका उजुरीहरू धेरै परेपछि यो समयमा खरिद अलिक शंकास्पद देखिएकाले छानबिन आवश्यक भएको अख्तियारको बुझाइ छ । बस्नेत मन्त्री हुँदा दुई अर्ब बढीको खरिद प्रक्रिया अगाडि बढेको थियो । उक्त खरिदमा भएको अनियमिततालाई अख्तियारले गम्भीरतापूर्वक लिएको पाइन्छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ