अस्पतालको “गु” नदेख्ने, उपकरण अभाव देख्ने मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव केही दिन यता अनुगमनको नाटकमा अस्पतालमा पुग्ने गरेका छन् । अस्पताल जाने उपकरण किन्न पैसा दिन्छु भन्ने र फर्किने गरेका छन् । शुक्रबार पनि राष्ट्रिय ट्रमा सेन्टरमा त्यस्तै भयो । अनुगमनको नाटक गर्दै त्यहाँ पुगेका उनले एमआरआई किन्न आवश्यक बजेट दिने बताए । अहिलेसम्म कर्मचारीलाई जानकारी नभएको बजेटको स्रोत समेत देखाए । अस्पताल अनुगमनमा गएका मन्त्री यादवका आँखाले जे देख्नुपर्ने थियो त्यो देखेन, जे आवश्यकता थिएन त्यही देख्यो । त्यसैले अस्पतालको फोहोर देख्दैन, देख्छ त उपकरणको अभाव ।
हरेक अनुगमनमा सिटी, एएमआरआई जस्ता महँगा उपकरणको डिमान्ड गर्छन् । तर, स्वस्थ अस्पतालको विषयमा उनलाई कुनै मतलब हुदैन । स्वास्थ्य सुधारले उनको र पार्टीको पेट भरिन्न । अस्पतालमा छ्याल्ल ब्याल्ल भएको “गु” देख्दा मन्त्रीलाई व्यक्तिगत फाइदा हुँदैन । छ्याल्ल ब्याल्ल भएको “गु” देख्नुका साटो उपकरण अभाव भएको नक्कल गर्दा कमिसन पाइन्छ ।सेन्टरमा स्वास्थ्य सस्था सफा राख्न हैन, बजेटको चिन्ता नगरी योजना ल्याउन निर्देशन दिए । उनले भने, ’बजेट कहाँबाट आउँछ, मलाई थाहा छ । त्यो मेरो जिम्मा भयो, तपाईंहरू आवश्यकता अनुसार योजना ल्याउनुहोस ।’
सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले बजेट अभावमा आइसीयु विस्तार गर्न नसकिएको र एमआरआई नभएका कारण ठूलो सङ्ख्यामा सेवाग्राहीलाई बाहिर पठाउनुपरेको बताएका थिए । मन्त्री र मरासिनीको उक्त भाषणले त्यही बाहिर छ्याल्ल ब्याल्ल भएको “गु” समेत लाजले लतक्कै भएको थियो ।
‘तपाईँहरू निर्धक्क भएर काम गर्नुहोस्, बजेट व्यवस्थापनको जिम्मा मेरो हो । कहाँबाट मागेर ल्याउनु पर्छ म गर्छु तर तपाईँहरूलाई अप्ठ्यारो हुन् दिन्न,’ उनले भने । उनले चाँडै नै ट्रमा सेन्टरले एमआरआई पाउने प्रतिबद्धता समेत जनाएका छन् । अब हामीले केही बोल्नु पर्छ जस्तो लाग्दैन ।
क्याटेगोरी : समाचारट्याग : ##mohp nepal
तपाईको प्रतिक्रिया दिनुहोस