इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा बालेनको ताला


काठमाडौं । डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्ने सुबिसुको सटरमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।  राज्यलाई करछली गर्दै आएको सुबिसुले स्कुलको सटरमा कार्यालय सञ्चालन गरेको भेटिएपछि महानगरपालिकाले ताला लगाएको हो ।

स्कुलका सटरहरु व्यवसायिक प्रयोजनका लागि भाडामा लगाउन नमिल्ने भन्दै ईन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयसहित अन्य सटरमा ताला लगाइएको हो । बालेनको टिमले सुबिसुको कार्यालयमा ताला लगाइदिएपछि अहिले निकै चर्चा भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सचिवालय, शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले भाडामा लगाउने विद्यालयका सटर बन्द गराएको हो । त्यसमा सुबिसुको कार्यालय पनि परेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ