चिकित्सकले बिरामीलाई पर्याप्त समय दिएनन् : स्वास्थ्यमन्त्री यादव


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले चिकित्सकले बिरामीलाई आवश्यकता अनुसाा समय नदिएकाे गुनासो गरेका छन् । मङ्गलवार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पतालको अनुगमन गर्दै मन्त्री यादवले यस्तो गुनासो गरेका हुन् ।

मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा नारायणी अस्पताललाइ लिइएकाे छ । मन्त्री यादवले अनुगमनका दाैरानमा फार्मेसी, पोस्ट अप, ल्याब र उपचाररत बिरामीसँग कुरा गरेका थिए । औषधीको उपलब्धता र अस्पतालमा उपलब्ध अन्य सेवाको गुणस्तरका बारेमा समेत उनले चासाे राखेका थिए ।

हाल अस्पताल फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध नरहेको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको, चिकित्सकहरू ओपिडीमा पर्याप्त समय नदिएको गुनासो बिरामीको रहेकाे छ । मन्त्री यादवले बिरामीले गरेकाे गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. एनामुल हकलाई निर्देशन दिए । मन्त्री यादवले फार्मेसिमा आवश्यक औषधीको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न भनेका छन् ।

अस्पतालका मेसु डा. हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौँ बिते पनि कर्मचारी दरबन्दी सय बेड अनुसारकै रहेको बताए । ‘दरबन्दी नहुँदा जनशक्ति अभाव छ । हामीले अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न सकेका छैनौँ । बेड अनुसारको दरबन्दी कायम गर्न मेरो आग्रह छ,’ उनले भने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ