बागमती प्रदेशको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता
काठमाडौं । बागमती प्रदेशको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । बागमती प्रदेश सरकारले शनिबार ल्याएको आर्थिक वर्ष ०८१/८२ को बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको हो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याइएको छ । पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ छुट्याइएको छ । बागमती प्रदेश सरकारले गत वर्ष ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । यो वर्ष झन्डै २ अर्ब बढाएर बजेट प्रस्तुत गरेको हो ।
वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । कुल बजेटमा चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत बजेट छुट्याएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस