‘कपाल उमार्ने’ दाबी गरिएको श्री केशको विज्ञापन महानगरले हटाइदियो


काठमाडौं । नयाँ कपाल उमार्ने र कपाल झर्न रोक्ने दाबी गरिएको श्री केश तेलको विज्ञापन काठमाडौं महानगर प्रहरी बलले हटाई दिएको छ । पछिल्लो समयमा निकै चर्चा र विवादमा रहेको श्री केश तेलको विज्ञापन काठमाडौं महानगरपालिकाको आँखा पुगेको हो ।

काठमाडौं महानगर प्रहरी बलका अनुसार काठमाडौं महानगरपालिकाको विज्ञापन मापदण्डविपरित र वडा कार्यालयबाट लिएको स्वीकृति भन्दा ठूला विज्ञापन बोर्ड राखेको हुँदा श्री केशको बोर्ड निकालिएको हो । श्री केश अवैध धन्दालाई काठमाडौं महानगर प्रहरी बलले रोकिदिएको छ ।

काठमाडौं पुरानो बानेश्वरस्थित बिजुलीको पोल कब्जा गरेर सप्त ऋषि आयुर्वेदले श्री केशको विज्ञापन गरेको थियो । मापदण्ड र स्वीकृतिविपरीतको विज्ञापन बोर्ड काठमाडौं महानगर प्रहरी बलले हटाइदिएको हो ।

औषधि व्यवस्था विभागमा समेत दर्ता नरहेको र उपभोक्ता ठगिएको भन्दै श्री केशविरुद्ध आम उपभोक्ता बोल्न थालेका छन् । यसैबीच श्री केशमाथि काठमाडौं महानगर प्रहरी बल पनि जाइलागेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ