इलाममा क्रूरतापूर्वक कुकुर मार्ने ३ जना पक्राउ


काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएका लाठीले हानेर क्रूरतापूर्वक कुकुर मार्ने इलामका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले क्रूरतापूर्वक कुकुर मारेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार इलामको देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षे दीक्षान्त मोरोहाङ लिम्बू, त्यहीँका १७ वर्षे संगम लिम्बू र १७ वर्षे अशोक लिम्बूलाई पक्राउ गरिएको  छ। उनीहरूले पटक-पटक लाठीले हानेर कुकुर मारी खाडलमा पुरेर त्यसको भिडिओ सामाजिक सञ्जालमा हालेको प्रहरीको भनाइ छ। उक्त भिडिओमार्फत प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ