ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन


काठमाडौं । चार महिनादेखि अर्धचेत अवस्थामा रहेका ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको हो ।

गच्छदार माघमा भएको राष्ट्रिय सभा निर्वाचनको दिन एक्कासी बिरामी भएर अस्पताल भर्ना भएका थिए । अस्पतालमा २/३ महिना राख्दा पनि ठिक नभएपछि उनलाई घरमै ल्याएर राखिएको थियो । अन्ततः अर्धचेत अवस्थामा रहेका गच्छदारको निधन भएको छ । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ