टेकुमा पुन: बसाैला


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको निर्देशकमा पुन: डा. युवानिधि बसाैलालाई ल्याएका छन् ।

गत ११ जेष्ठमा बसाैैलालाई हटाएर डा. रोशन न्यौपानेलाई निर्देशककाे जिम्मेवारी दिएका थिए । तर, डा. न्याैपानेले काम गर्न नसक्ने बताएपछि उनलाइ हटाएर पुनः बसाैलालाई ल्याएकाे मन्त्रालयले जनाएको छ ।

न्याैपानेलाई स्वास्थ्य सेवा विभाग पठाइएको छ । स्वास्थ्यमन्त्री यादवले उनलाई विभागमा काम गर्न सके मागेकाे महाशाखा दिने बताएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ