बरिष्ठ स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपाने पुरस्कृत


काठमाडौं । बरिष्ठ स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेलाई सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्वास्थ्य पत्रकार मञ्चका तत्कालीन अध्यक्ष तथा वर्तमान सल्लाहकार न्यौपानेलाई ३३ हजार ३३३ रुपैयाँबाट सम्मान गरिएको हो । न्यौपाने नेपाली हेल्थ डटकमका सम्पादक समेत हुन् ।

बरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा खोलिएको शारदा सुदर्शन देवकोटा फाउन्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित पुरस्कार हो । न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा र स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ