बामदेवशैलीमा रवि, पोषराजलाई १ दिनका लागि एआईजी बनाउन सिफारिस


काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तत्कालीन गृहमन्त्री बामदेव गौतमशैली अपनाउन थालेका छन् । बामदेवकै शैलीमा उनले प्रहरी प्रशासनमा हस्तक्षेप गर्न थालेका हुन् ।

असार २१ गते घर जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई रवि कै जोडबलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतको दाबी छ । गृह सचिव एकनारायण अर्याल नेतृत्वको बढुवा समितिलाई दुरुपयोग गरेर रविले पोषराजलाई एआईजीमा बढुवाका लागि सिफारिस गराएको गृह स्रोतले बतायो ।

असार १९ गते एआईजी उमेशराज जोशी घर जाँदैछन् । त्यसको पर्सीपल्ट घर जाने तयारीमा रहेका पोषराजलाई एआईजी बनाएर रविले के को पुरस्कार दिन लागेका हुन् बुझ्न सकिएको छैन । २० गते एकदिने एआईजी बनाउन रविले मरिहत्ते गर्नुले थप आशंका उत्पन्न भएको छ । स्रोतका अनुसार रविका वकील सुशील पन्तका नातेदार रहेका पोषराजलाई जसरी भएपनि एआईजी बनाउन लागिएको हो । रविको पक्षबाट मुद्दा लड्दै आएका पन्तलाई खुसी पार्न उनी लागिपरेको आरोप लागेको छ ।

सुशासन-सुशासन भन्दै हिँडेका रविको बामदेव अवतार देखा पर्न थालेको हो । यसले रविको छविलाई धुमिल पारेको छ । सुशासनले हावा खाएको छ । बामदेव निकट रहेर काम गरेका एकनारायणलाई त यसले खासै फरक नपर्ला तर देशलाई भने धेरै फरक पर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ