डब्लुएचओका पाण्डवको अर्को बदमासी, केटाकेटी लिएर बङ्गलादेशको कार्यक्रममा सवार 


काठमाडौं । डब्लुएचओ नेपाल प्रमुख डा राजेश समबाजीराव पाण्डवको नेपालमा मनपरी जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशक, अतिरिक्त सचिवहरू मौन बस्दा उसको मनपरीले सिमा नाघेको छ ।

डब्लुएचओ हेड अफिसले नेपाल सरकारको नाममा दिएको रकमको चरम दुरुपयोग गर्नेमा भारतीय मूलका पाण्डव अग्रस्थानमा देखिएका छन् । उनले हालै बङ्गलादेशको ढाकामा भएको दुई दिने कार्यक्रममा आधा दर्जन केटाकेटी लिएर गएको खुलेको छ ।

बङ्गलादेशमा २३ देखि २४ जुन सम्म डब्लुएचओ ग्लोबल फोरम चलेको थियो । उक्त फोरममा क्षयरोग अन्त्य गर्न बहुपक्षीय संलग्नता र जवाफदेहितालाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । सोही छलफलमा भाग लिन पाण्डवले राज्यको पैसामा आधा दर्जन केटाकेटी पठाएका थिए ।

एक दुई जना पठाउनु ठिकै थियो एक अधिकारीले भने, तर, राज्यलाई आएको रकममा ६ जना केटाकेटी पठाउँनु भनेको पाण्डवले नेपाल राज्यको खिल्ली उडाएको हो । साढे तह लगाउन नसक्नुनै राज्यको ठुलो कमजोरी भएको छ ।

नेपालमा डब्लुएचओ प्रमुखले नेपालको स्वास्थ्य क्षेत्रमा भन्दा पनि नियम बाहिर रकम खर्च गर्दै आएका छन् । बिभिन्न संघ संस्थाहरूको कार्यक्रममा भात खाएको पैसा तिर्ने देखि नेताका मान्छेलाई जागिर दिएर आफ्नो कार्यकाल सक्ने तर्फ उद्धत छन् । अधिकारीहरू भन्छन् नेपालमा भारतीय मूलको व्यक्ति डब्लुएचओ प्रमुख बनाउँनु नै दुर्भाग्य  भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ