नेताका नाममा करौडौंका कार्यक्रम गर्ने विषयलाई लिएर काठमाडौं महानगरको नगरसभा स्थगित


काठमाडौं ।  नेताका नाममा करौडौंका कार्यक्रम गर्ने विषयलाई लिएर काठमाडौं महानगरको नगरसभा स्थगित भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेताका नाममा करौडौंका कार्यक्रम गर्ने विषयलाई लिएर काठमाडौं महानगरको नगरसभा स्थगित भएको आरोप लगाएका छन् ।

बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।’,

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ