नगरसभा स्थगित भएको विषयमा मेयर बालेनको सचिवालय बोल्यो
काठमाडौं । नगरसभा स्थगित भएको विषयमा मेयरको सचिवालय बोलेको छ । महालेखा परीक्षकको कार्यालय प्रश्न उठाएको भन्दै यसपटकको बजेटमा नेताको नाममा पैसा नबाँड्ने बालेनको अडान छ । तर, अन्य प्रतिनिधिहरुले बजेट विनियोजन गर्ने पर्ने भनेपछि नगरसभा स्थगित भएको बालेनको सचिवालयले जनाएको छ ।
मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नगरसभा स्थगित भएपछि समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,
***काठमाडौँ महानगर नगरसभा***
नगरसभामा छलफल गर्नुपर्ने विषय किन बन्द कोठामा सहमति गर्नुपर्ने प्रिय दाईहरु? महालेखाले प्रश्न उठाएको विषय जसरि पनि राख्नै पर्छ भन्ने, यो नहुँदासम्म हल भित्र नछिर्नु र बैठक उपस्थितिमा हस्ताक्षर नगर्नु भन्ने। गणपुरक संख्या पुग्न नदिने अनि बैठकमा आएन भन्ने ?
सहमतिको बाटो खोज्न चार सपुतहरुको नाममा विशेष कार्यक्रम बनाएर जाँउ भन्दा तपाइँहरु कोहि नमान्ने, कोहि फोन नै नउठाउने।
अब सचिवालयले पनि साझा धारण बनाएर सम्पूर्ण समन्वयन तपाइँहरुले छानेको एकजना नेताज्यू सँग मात्र गर भन्न खोज्नु भएको हो?
स्वास्थ्य लाइभले नेताका नाममा खुलेका प्रतिष्ठान सरकारी बजेट लगेर भ्रष्टाचार गर्ने अखडा बन्दै गएको समाचार सार्वजनिक गरेको थियो । संघ र प्रदेशले नेताका नाममा दिएकाे पैसा पनि महानगरपालिकाले कार्यान्वयन गर्नु पर्ने अवस्था छ । त्यसैले उक्त कुरालाई बालेनले रोक्न खोजेका थिए । तर, उक्त विषयलाई लिएर नगरसभा नै स्थगित भएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस