नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा डा. सुनिल शर्माविरुद्ध मुद्दा चल्ने सम्भावना


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा डा. सुनिल शर्माविरुद्ध मुद्दा चल्ने सम्भावना बढेर गएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले कांग्रेस सांसद समेत रहेका शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रमा मुद्दा चलाउने तयारी गरेको हो ।

अबको १५ दिनभित्र मुद्दा चलाइसक्नु पर्ने भएकाले शर्मालाई आइतबार जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंमा बयान लिइएको छ । ३ घण्टा बढी लगाएर बयान दिएका शर्मा धरौटीमा छुटेका छन् ।

सिआईबी स्रोतका अनुसार शर्माले एमबीबीएस पढ्दा पेस गरेको आईएस्सीको प्रमाणपत्र शङ्कास्पद रहेको देखिन्छ । शर्मालाई सिआईबीले उक्त प्रकरणमा यसअघि पक्राउ गरेको थियो । अहिले भने सरकारी वकील कार्यालयमा उपस्थित गराएर बयान लिएको छ । सिआईबीले उनीमाथि चाँडै अनुसन्धान टुंग्याएर सरकारी वकील कार्यालय, काठमाडौंमा बुझाउने तयारी गरेको छ । सरकारी वकील कार्यालयले शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा मुद्दा चल्ने/नचल्ने निर्णय गर्नेछ । सिआईबी स्रोतले भने डा. शर्माविरुद्ध मुद्दा चल्ने सम्भावना बढेर गएको दाबी गर्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ