रञ्जिता र सिकेलाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हेरफेरको गृहकार्यमा जुटेका छन् । त्यसका लागि उनले सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । बेलुका सत्ता साझेदार दलहरुको बैठक राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन खोजेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने निश्चित जस्तै छ । सत्ता समिकरण तलमाथि नभए रञ्जिताले एक/दुई दिनभित्रै मन्त्रीको सपथ खाने सम्भावना छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सरकारमा सहभागी हुने सम्भावना बढेर गएको छ । उनी उद्योगमन्त्री बन्ने पक्षमा छन् । तर, एमाले अध्यक्ष ओलीले उनलाई परराष्ट्रमन्त्री बन्न सन्देश पठाएका छन् । ओली र प्रचण्डको भेटपछि उक्त विषयको टुंगो लाग्ने स्रोतको भनाइ छ ।

प्रचण्ड र ओलीबीचको भेटले मन्त्रिपरिषद् हेरफेरदेखि मुख्यसचिव बढुवासम्मका विषय निर्धारण गर्ने बताइन्छ । त्यसैले उक्त भेटलाई महत्त्वका साथ हेरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ