दीर्घ रोगीहरूको औषधि उपचारका लागि अर्थले गऱ्यो ३५ करोड निकासा


काठमाडौं । दीर्घ रोगीहरूको औषधि उपचारका लागि अर्थ मन्त्रालय ३५ करोड रुपैयाँ निकासा गरेको छ।  अर्थमन्त्रीस्तरीय निर्णयबाट दीर्घ रोगीहरूका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार निकासा भएको हो।

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि सो रकम निकासा गर्नेसम्बन्धी फाइल अर्थमन्त्री वर्षामान पुनले स्वीकृत गरेका हुन्। स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए। उक्त रकम अर्थले निकासा गरेको हो। सो रकम स्थानीय तहमार्फत सिधै बिरामीको बैङ्क खातामा जम्मा हुनेछ।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन्।  चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ