स्वास्थ्यमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री दाहाललाई


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले पाएका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयको प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकिएको जनाइएको छ ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री श्री प्रदिप यादव, माननीय वन तथा वातावरणमन्त्री श्री नवलकिसोर साह सुडी र माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री हसिना खानले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्डज्यू’को सिफारिसमा उहाँहरुले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्नुभयो ।’, राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवले राजीनामा दिएको ४ दिन पछाडि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले सम्हालेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ