कोरिया भ्रमण मनोनयनमा पक्षपात, सच्याउँला मन्त्रालयले?


काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीको कोरिया मनोनयनमा पक्षपात गरेको पाइएको छ। तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले एक पक्षीय हिसाबले मनोनयन गरेको पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयले गरेको १४ जना मनोनयनमा आधिकांश एउटै समुदाय र एकै क्षेत्रका छन् । रात दिन नागरिकको सेवामा खटिएका कर्मचारीहरूमा भने यस्तो विदेश मनोनयनले गम्भिर चोट परेको छ । 

स्वास्थ्य लाइभले पाएको सूची अनुसार १४ जना मनोनयन भएका मध्ये ७ जना मधेशीमूलका रहेका छन् । अन्य पनि आधिकांश मधेशका छन् । जुन भूगोलबाट मन्त्री बन्यो त्यही भूगोलकालाई मात्रै अवसर दिने परिपाटीको विकास भएमा यसले दुर्घटना निम्त्याउने छ । 

आगामी अगस्ट २५ देखि सेप्टेम्बर ७, २०२४ सम्म दक्षिण कोरियामा सञ्चालन हुने स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि असार ५ गते सचिवस्तरीय निर्णय गर्दै १४ जना र वैकल्पिक ४ गरी १८ जनाको नाम मनोनयन गरेको पाइएको हो । मन्त्रालयले यसरी एकै समुदाय र क्षेत्रका मान्छे मनोनयन गरेको सम्भवत पहिलो पटक हो । 

पत्र अनुसार मनोनयनमा पर्नेहरू पर्सा, बारा, सर्लाही, रौतहट, सप्तरी, महोत्तरी, वीरगञ्जका धेरै छन् ।  तीन जना स्वास्थ्य बीमा बोर्डका कर्मचारी र तीन जना मन्त्रालयका कर्मचारी छन् । अन्य विभिन्न संस्थामा आवद्ध कर्मचारी रहेका छन् । जाने समय अझै पर भएकाले यस्तो पक्षपाती मनोनयन तुरुन्त सच्याउनु पर्छ । आशा छ दुई सचिव भएको मन्त्रालयमा भएका यस्ता गल्ति बाहिर आएपछि सच्चिने छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ