पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई ऊर्जामन्त्री बनाउन लबिइङ


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापालाई ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बनाउन लबिइङ सुरु भएको छ । केपी ओली ओली नेतृत्वको आगामी सरकारमा थापालाई ऊर्जामन्त्री बनाउन लबिइङ सुरु भएको हो ।

गगन निकट व्यक्तिहरूले कांग्रेसको तर्फबाट नेतृत्व गरेर सरकारमा जाँदा उपयुक्त हुने सुझाव दिएका छन् । ‘वेटिङ प्राइमिनिस्टर’ ओलीलाई भेट्न पुगेका थापालाई उनले समेत आफ्नो सरकारमा सहभागी हुन आग्रह गरेका छन् । त्यसैले उनी त्यसमा सकारात्मक रहेको बुझिन्छ ।

कांग्रेस महामन्त्री समेत रहेका थापा सरकारमा गए उनले नै नेतृत्व गरेको जाने उच्च सम्भावना छ । स्वास्थ्यमन्त्री समेत भइसकेका उनको रुचि पनि स्वास्थ्यमाभन्दा ऊर्जामा बढी भएकाले गगन सरकारमा गए ऊर्जामन्त्री नै बन्ने चर्चा सुनिन्छ । ससद्को कृषि तथा जलस्रोत समितिको सभापति रहेर काम गरिसकेका गगनलाई ऊर्जामन्त्री बनाउन ठूलो समूह सक्रिय रहेको पाइन्छ ।

कांग्रेस सभापति शेेेरबहादुर देउवा पनि गगनलाई मन्त्री बनाउने पक्षमा रहेेेको बुझिन्छ । कांग्रेसबाट गगनले सरकारको नेतृत्व गरेर गए पररष्ट्रमन्त्री आरजु देउवा राणा र गृहमन्त्री रमेश लेखक बन्ने निश्चित जस्तै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने र विश्वासको मत फेल भएपछि ओली प्रधानमन्त्री बन्ने गरी तयारी भइरहेको छ । त्यसमा कांग्रेसबाट मन्त्री बन्न सांसदहरुले दौडधुप सुरु गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ