महानिर्देशक सङ्गीताको ऐतिहासिक निर्णयः अब स्वास्थ्य उपकरण वितरणमा तीनै निकाय जिम्मेवार, वितरणमा पारदर्शिता 


काठमाडौँ । स्वास्थ्य क्षेत्रको इतिहासमा पहिलो पटक स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्रले ऐतिहासिक निर्णय गरेकी छन् । माफियाहरूको दबाबलाई चिर्दै महानिर्देशक डा सङ्गीताले स्वास्थ्य उपकरण वितरणमा तिनै निकायलाई जिम्मेवार बनाउने निर्णय गरेकी छन् ।

स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारीलाई स्वास्थ्य उपकरण खरिद र वितरणमा पारदर्शिता नभएको भन्दै थुप्रै गुनासाहरू आउँने गरेका थिए । स्वास्थ्य सेवा विभागमा देखिएको फोहोर सफा गर्दै अगाडि बढेकी महानिर्देशक मिश्र उपकरण खरिद र वितरणको पारदर्शितामा आइपुगेकी छन् ।

अधिकारीहरूले बताए अनुसार विगतमा उपकरण बितरण गर्दा सम्बन्धित स्वास्थ्य संस्थामा आवश्यकता भए नभएको जाँच समेत गरिदैन थियो । भन सुनका भरमा मनपरी तरिकाले हुने वितरणमा लगाम लागेको छ । उपकरण पठाउँदा आवश्यक भए नभएको जाँच गर्नुका साथै उपकरण सञ्चालन गर्ने जनशक्तिको समेत जाँच गरिने छ ।

४९ वटा ५, १०, १५ वेडका आधारभूत अस्पतालको निमार्ण कार्य सकिएको छ । निमार्ण कार्य सम्पन्न भएका आधारभूत अस्पताल, केन्द्रिय अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पतालमा माग र आवश्यकता हेरेर विभागले स्वास्थ्य उपकरण वितरण गर्न लागेको छ । विगतमा पठाएका स्वास्थ्य उपकरण आधिकांश स्थानमा चलेपनि छिटफुट थन्क्याएर राखेको गुनासोहरू आइरहेका छन् । यस्तो गुनासोका बीच पुन हुन लागेको वितरणमा महानिर्देशकले तीन पक्षबीच सहमति गराएर मात्रै उपकरण दिने बताएकी छन् ।

पहिलो पक्ष स्वास्थ्य सेवा विभाग, दोस्रो पक्ष उपकरण लिने र तेस्रो पक्ष खरिद गरेर ल्याउने सप्लायर्स जिम्मेवार हुने छन् । पूर्वाधार, जनशक्तिको टुङ्गो लगाएर पठाएका उपकरण त्यसै थन्किएको फेला परेमा कारबाही सहित उक्त उपकरण सञ्चालन हुने अस्पतालमा पठाइने छ । एक महिना भित्र उपकरण सञ्चालनमा आएको हुनुपर्ने छ ।

स्वास्थ्यकर्मीले व्यवस्थापन राम्रो गर्न जान्दैनन् भन्ने भाष्यलाई महानिर्देशक मिश्रले आफ्नो काम बाट बुजो लगाएकी छन् । अहिले सम्मका सचिव, महानिर्देशकले गर्न सकेनन् भन्दैमा सबै असक्षम हुदैनन भन्ने पनि उनको कामले देखाएको छ । उनको नेतृत्वले विभागमा बिस्तारै सुधारका सूचकहरू देखिन थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ