स्वास्थ्य मन्त्रालयले पठाएका छात्रवृत्ति चिकित्सक फिर्ता  गरेर साढे पल्टिदै डा डम्बर खड्का


काठमाडौँ ।  प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनलाई समेत अवज्ञा गरेको पाइएको छ । सरकारले छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कर्णाली खटाउँदा उनले फिर्ता पठाएका छन् । बाठा उनले आफुले साइन नगरेर सामाजिक बिकास मन्त्रालय मार्फत पत्र पठाउन लगाएका छन् ।

कर्णाली जस्तो दुर्गम क्षेत्रका नागरिकले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा पाउन भन्ने मूल उद्देश्यका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर कर्णालीमा विशेषज्ञ चिकित्सक पठाएको थियो । तर, डा खड्काले आवश्यक नभएको भन्दै फिर्ता पठाएका छन् ।

उनको यो शैलीले साढे पल्टिएको स्पष्ट भएको छ । सरकारले पछिल्लो समय दन्त र आँखाको सेवा सरकारी अस्पतालमा पनि विस्तार गर्ने उद्देश्यका साथ छात्रवृत्ति करारका चिकित्सकलाई सरकारी अस्पतालमा केन्द्रित गरेको छ ।

कोशी अस्पतालमा हालै मात्र छात्रवृत्ति करारका चिकित्सकले आँखाको शल्यक्रिया गरेका छन् । यो सम्भवत सरकारी अस्पतालमा पहिलो पटक नै हो । तर, साढे खड्काले भने नागरिकले पाउने स्वास्थ्य सेवाको नैसर्गिक अधिकारमाथि बुट बजारेका छन् ।

नेपाली काङ्ग्रेसका नेता पूर्णबहादुर खड्काका भाइ डम्बरले आफूलाई दाइको नामबाट अस्पतालमा राज गर्दै आएका छन् । उनको यो साढे प्रवृत्ति पनि दाइको आड भरोसामा गरिरहेका छन् । राज्यको निर्देशन नमान्ने यस्ता साढेलाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गलत्याएर बाहिर ल्याउनु पर्छ ।

फिर्ता पछि स्वास्थ्य मन्त्रालयको शरणमा चिकित्सक

छात्रवृत्तिको चिकित्सक नै फिर्ता पठाएपछि कर्णाली प्रदेशमा विशेषज्ञ चिकित्सक पठाउने नपठाउने भन्नेमा मन्त्रालय दोधारमा परेको देखिन्छ । चिकित्सक फिर्ता पठाउने खड्का माथि निर्मम भएर मन्त्रालय अगाडि बढ्नु पर्ने देखिन्छ । तर, काङ्ग्रेस नेताका भाइ भएकाले मन्त्रालयका अधिकारीहरूले उनलाई कारबाहीको दायरामा ल्याउने कुरा कोठा भित्रमात्र सीमित हुने निश्चित छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ