पहिलाे पटक स्वास्थ्य सेवा विभाग द्वारा त्रिपक्षीय सम्झौता गराएर स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं । अस्पताल, सप्लायर्सलाइ जिम्मेवार र पारदर्शिता बनाउन पहिलाेपट स्वास्थ्य सेवा विभागले तीन निकाय बिच औजार उपकरण हस्तान्तरणमा सम्झौता गरिएको छ ।

शुक्रबार एक कार्यक्रम गरि विभागले संघीय तथा प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेकाे छ ।

 ५, १०, १५ वेडका आधारभूत अस्पताल, प्रदेश, संघीय, जिल्ला अस्पतालको क्षमता र जनशक्ति पहिचान गरेर औजार उपकरण वितरण गरिदैछ । स्वास्थ्य सेेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा श्रवण कुमार थापाले ७७ जिल्लाबाटै उपकरणको माग भइरहेको बताए ।

उपकरण लगेर थन्क्याएर राख्ने परिपाटीको अन्त्य हाेस् भनेर विभागले उपकरण हस्तान्तरण गर्नुपुर्व पहिलाे पटक अस्पतालका निर्देशकहरुलाइ एक ठाउमा राखेर हस्तान्तरणमा सम्झौता गराएकाे छ ।

लिखित रुपमा जनशक्ति र क्षमता मागेर राखेकाे निर्देशक थापाले स्पष्ट पारे । उनका अनुसार वितरण गरिएको सामान एक महिना भित्र सञ्चालनमा नआए फिर्तागरि अर्काे आवश्यक स्थानमा पठाइने छ ।

उपकरण पठाउँदा पहिलो पक्ष स्वास्थ्य सेवा विभाग, दोस्रो पक्ष उपकरण लिने र तेस्रो पक्ष खरिद गरेर ल्याउने सप्लायर्स जिम्मेवार हुने छन् निर्देशक थापाले भने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ